सप्तरी, असोज २७
सप्तरीमा सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादवको हत्या भएको छ । सिरहाको भगवानपुर गाउँपालिका–२ घर भएका सप्तरी स्थित बोर्डर आउटपोष्ट छिन्नमस्तामा कार्यरत रहेका यादवको असोज २० गते मृत फेला परेका थिए ।
नेपाल–भारत सिमानाकाबाट करिब ३ किलोमिटर पर भारततर्फ बिहारको मधुवनी जिल्ला स्थित घोडदह खोलामा असई यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक सिंहले हत्यामा संलग्न आशंकामा उक्त बोर्डर आउट पोष्ट (बिओपी) मा कार्यरत जवान होम बहादुर खत्रीलाई पक्राउ गरेको छ ।
मृतक असई यादवको शव धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको छ । घटना छानबिनका लागि सशस्त्र प्रहरी बलले अतिरिक्त महानिरीक्षक (एआईजी) सिपी गौतमको नेतृत्वमा समिति गठन गरेको जनाइएको छ । सो समितिमा डिआईजी कुलबहादुर नेम्वाङ र प्रहरी उपरीक्षक छविलाल पाण्डे सदस्य रहेका छन् ।
छानबिनका लागि सशस्त्र प्रहरी बल गण नम्बर–६ का गणपति (प्रहरी उपरीक्षक) प्रदीप खड्कालाई हेडक्वार्टर फिर्ता बोलाएको जनाइएको छ ।
असोज १९ गते मृतक यादव काजका लागि भन्दै मोहनपुरतर्फ गएका थिए ।
सोहीदिन जवान खत्रीले एक युवती बोलाएर हत्या गरेर फालेको भन्दै प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । मृतक असई यादवको कान र टाउकोमा चोट देखिएको वरिष्ठ प्रहरी उपरीक्षक थापाले बताए ।
