जनकपुर, असोज २८

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जुली कुमारी महतो र धनुषा ३ को ख का प्रदेश सभा सदस्यका उम्मेदवार दिपेन्द्र ठाकुर संयुक्त रूपमैं आज पुनः घर दैलो कार्यक्रममा व्यस्त छन् ।

शुक्रबार जनकपुरधाम उपमहनगरपालिका वडा नम्बर ५ मा नेकपाका उम्मेदवार द्वय महतो र ठाकुर आफ्नो गठबन्धनको लागि भोट माँगन व्यस्त देखिए ।

वडाको महाविर चोक हनुमान मन्दिर देखि उत्तरको क्षेत्रमा आज बिहानै देखी आफ्नो पार्टीका सयंकड़ो नेता कार्यकर्ताका साथ घर घर घुमेर दुइ हाथ जोड़ी भोट माँगेको दृश्य रोचक देखिएको थियो ।

पछिलो समय नेकपा गठबन्धनका उम्मेदवार द्वय महतो र ठाकुर धनुषा ३ (ख) मा घरदैलोलाई निरंतरता दिदै आएका छन् ।

जनकपुरको सहरी क्षेत्र एकदमै महत्वपूर्ण र बौद्धिक क्षेत्र भएको कारण नै विशेष प्राथमिकता दिएर आफूहरु घरदैलोलाई निरंतरता दिएको प्रदेश सभा सदश्यका उम्मेदवार दिपेन्द्र ठाकुर बताए ।

ठाकुरले भने , ’ हामी आफ्नो गठबन्धनका तिनै जना पालै पिलो धनुषा– ३ (क) र (ख) मा प्रतिनि िसभा सदश्यका नेता जुली महतो संग समूहगत रूपमैं घरदैलो कार्यक्रमलाई अगाडि बढाई रहेका छौँ ।

जनता हामीलाई आशीर्वाद सहित आंउदो निर्वाचनमा आफ्नो अमूल्य मत दिएर विजयी बनाउनेमा आफूहरु ढुक्क रहेको ठाकुरले तर्क गरे ।

’हामी प्रचार–प्रसार देखी मतदाताको घर घर पुगेर उहाँहरूको आशीर्वाद ग्रहण गर्दै मतमाँगदै घुमि रहेका छौ । आफ्नो कर्म ईमानदारी पूर्वक गर्दै आईरहेकोले गर्दा चुनाव आफूहरुको पक्ष मै आउने’ ठाकुरले बताए ।