जनकपुर, असोज ३०
धनुषा प्रहरीले एक जनालाई पेस्तोलसहित पक्राउ गर्न सफल भएको छ भने एक अभियूक्त फरार हुन सफल भएको छ ।
धनुषाको सवैला नगरपालिका वडा नम्बर १२ स्थित नहर चोकमा मैनाथपुर–बिरेनद्रबजार सडकखण्डबाट कटुवा पेस्तोलसहित सिरहाको गोलबजार नगरपालिका वडा नम्बर ७ स्थित चोहर्वा बस्ने ३५ वर्षीय रामसागर ठाकुरलाई प्रहरी गरेको हो । एक आरोपितलाई शनिबार साँझमा पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरीले प्र.२–०१–००२ प.३७२० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेका रामसागर ठाकुरको साथमा कटुवा पेस्तोल फेला परेको थियो । तर उनी सवार रहेको मोटरसाईकलका चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी टोलीलाई देख्नासाथ भाग्न खोजेपछि शंका लागेको आधारमा आरोपित रामसागरलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथमा रहेको झोलाभित्र कटुवा पेस्तोल बरामद भएपछि उनलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
यता फरार रहेका मोटरसाइकल चालकको खोजी कार्यलाई तिव्रता दिइएको धनुषा प्रहरीले जनाइएको छ ।
