जनकपुर, कार्तिक १

गत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा धनुषा– ३बाट तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोबाट हार व्यहोरेका नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि नै हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झा जितका लागि भर परेका छन् ।

सर्लाहीबाट आएर राजेन्द्र महतोले निर्वाचन जितेपछि अहिले पूर्वमन्त्री अनिलकुमार झा पनि निर्वाचित हुनेमा ढुक्कमा छन् ।

त्यतिबेलाका समय परिस्थिति र वर्तमानको राजनीतिक परिस्थितिमा निकै बदलाव आएपनि मधेशवादी नेताका रुपमा परिचित रहेका नेता झालाई पूर्वमन्त्री समेत रहेका नेता निधिमाथि नै भर परेका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा नेपाल र राष्ट्रिय जनमोर्चा दलहरु मिलेर पाँच दलीय गठबन्धन बनेपछि राजनीतिक समिकरण परिवर्तन भएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचन घोषणासँगै यस पटक पनि अनेकनका आकांक्षा धनुषा– ३बाट नेता निधिको व्यापक चर्चा रहेको थियो । तर उनले काँग्रेस भित्रको राजनीतिलाई सुरक्षित राख्नका लागि यसपटक समानुपातिक पद रोजे । उनको उठ्ने चर्चा भएपनि वा समानुपातिक रोजेपनि उनको अलोचना हुनु स्वाभाविक नै हो ।

यससँगै रौतहट जिल्लाका प्रतिनिधिसभा सदस्य रहेका नेता झाको पोल्टामा धनुषा– ३ परेको छ । उनी यस क्षेत्रमा आएसँगै लोसपालगायत उनीसमेत नेता निधिकै भरमा परेका छन् ।

त्यतिबेला नेता महतोको जितमा एमाले नेता रघुवीर महासेठ र उनकी पत्नी जुली महतोको ‘अदृष्य’ समर्थन र सहयोग रहेको थियो ।

नेता महासेठ दम्पतिले निधिलाई पराजित गर्न एमालेको मत त्यतिबेलाका माओवादी–एमालेको गठबन्धनको उम्मेदवार रहेका रामसिंह यादवलाई हराउँदै एमालेका सबै मत महतोतिर ‘डाइभर्ट’ गर्न लगाएका थिए ।No description available.

२०७४ को चुनावमा मधेस र आफ्नो ‘शत्रु’ ठानिरहेका ती दलहरूसँग गठबन्धन गरेर आगामी निर्वाचनमा होमिएका छन् ।

आगामी निर्वाचनका लागि उम्मेदवारहरूले २३ असोजमा मनोनयन दर्ता गराइसकेपछि कांग्रेस नेता निधि सोमबार पहिलोपटक गृह जिल्ला धनुषा पुगे ।

सोमबार नेता निधि जनकपुर विमानस्थलामा अरू बेलाभन्दा विल्कुलै फरक दृष्य थियो ।
उनलाई स्वागत गर्नका लागि कांग्रेसका नेता–कार्यकर्तासँगै लोसपाका अनिलकुमार झा, परमेश्वर साहलगायतका नेताहरू पनि विमानस्थल पुगेका थिए । काँग्रेस भन्दा बढी लोसपालगायत गठबन्धन दलका कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

नेता निधिले समानुपातिक पद्धति राजेपछि धनुषा ३ सत्ता गठबन्धनसँग तालमेल गरेको लोसपाको भागमा परेको छ ।
धनुषा– ३ बाट प्रतिनिधिसभा सदस्यका लागि लोसपा नेता झा र प्रदेससभा सदस्यका लागि धनुषा– ३(१) मा कांग्रेसका रामसरोज यादव र धनुषा– ३(२) मा लोसपाका परमेश्वर साहले उम्मेदवारी दिएका छन् ।

धनुषा ३ बाटै प्रतिनिधिसभा सदस्यका लागि एमाले नेतृ जुली महतोले उम्मेदवारी दिएकी छन् ।
अघिल्लोपटक साथ दिएकी जुली आफैं चुनाव लड्ने भएपछि लोसपाका वरिष्ठ नेता महतो भने धनुषा ३ छाडेर गृह जिल्ला सर्लाही २ बाट चुनाव लडेका छन् । भने यसपटक आफ्नै सहकर्मी नेता झालाई यस क्षेत्रमा पठाएका छन् ।
कांग्रेस र एमालेबीच सिधा प्रतिस्पर्धा भइरहने धनुषा ३ मा यसपटक सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनबीच कडा टक्कर हुँदैछ ।

सांगठनिक हिसाबले त्यस क्षेत्रमा ज्यादै मजबुत नभए पनि कांग्रेसको साथ पाउँदा रौतहट–१ बाट धनुषा– ३मा आईपुगेका लोसपा नेपालका उम्मेदवार नेता झा चुनाव जित्नसक्ने विश्लेषण भइरहेको छ ।

कांग्रेसको सबै मत गोलबन्द भएर गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेता झातर्फ गएको अवस्थामा एमाले उम्मेदवार जुलीलाई जित निकाल्न त्यो क्षेत्रमा सकस पर्नसक्ने देखिन्छ । तर काँग्रेस भित्रपनि क्षेत्र छाडेकोमा असन्तुष्टीहरु देखिन थालेको छ ।No description available.

त्यसैले कांग्रेसको मत पाउन लोसपा उम्मेदवार झाले कांग्रेस नेता निधिको साथ खोजेका छन् । नेता निधिको साथ पाएमा जित निकाल्न कठिन नहुने लोसपाकै अधिकांश नेताहरू दावी गर्दै आएका छन् ।

आकांक्षी उम्मेदवार अनिलकुमार झाले पनि नेता निधिले आफुलाई पूर्ण सहयोग, समर्थन र साथ रहनेमा ढुक्क छन् । उनले भने, ‘ नेता निधिले आफुलाई पूर्ण सहयोग र वहाँको पूर्ण साथ रहनेछ, आफु विगतको काँग्रेसी नै रहेपनि पछि मधेशवाद रोजेको हुँ, अहिले गठबन्धनले मलाई नेता निधिकै भनाईमा यहाँ आएकोले मलाई पाँच दलीय गठबन्धनका नेता, कार्यकर्तासमेत सहयोग छ ।’

त्यस्तै यता काठमाण्डौबाट जनकपुर विमानस्थल उत्रेपछि उनले गठबन्धनको उम्मेवारलाई जिताउनका लागि काँग्रेसी कार्यकर्ता देखि पाँच दलीय गठबन्धनहुँदै जनतासमक्षसमेत अपिल गरे ।

उनले निर्वाचन भर नै आफु गृहनगरमा रहने जनाउँदै अनिल झालाई जिताउने र उनी जित्नेमा ढुक्क देखिए ।