जनकपुर, कार्तिक १

छोटो समयमा सेवाग्राहीलाई विश्वसनीयरुपमा स्वास्थ्य उपचार दिन सफल भएका वैदेही होस्पिटलले एक समारोह वीच भव्यरुपमा वार्षिकोत्सव मनाएका छन् ।

जनकपुरधाममा मंगलवार वैदेही होस्पिटलले केक काट्दै भव्यतासहित वार्षिकोत्सव मनाएका छन् भने सो क्रममा ४४ जनाले रक्तदान समेत गरेका छन् । जनकपुरधाम वडा नम्बर ९ स्थित वैदेहि होस्पिटलले दोस्रो वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटल प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा सो संख्यामा रक्तदान गरिएको छ ।

रक्तदानमा विद्यार्थी, विरामीका कुरुवा, हस्पिटलका कर्मचारी, चिकित्सकहरुले रक्तदान गरेका छन् ।

सो अवसरमा वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रानी झा र डा. शैलेस झा सहितकाले केक काटेर हस्पिटलको दोस्रो वार्षिकोत्सव मनाएका छन् । सो अवसरमा डा.सन्तोष साह, डा. रोशन मिश्र र श्री प्रसाद यादव सहितको उपस्थिती रहेको थियो ।