जनकपुर, कार्तिक १
एक उम्मेदवारले आफ्नो दक्षतासहित मतदातालाई स्वास्थ्य सेवा दिदैँ मत माग्न थालेका छ ।
जनमत पार्टीबाट धनुषा ३(क)बाट प्रदेशसभामा उम्मेदवारी दिएका डा. प्रसन्नकुमार झाले घरदैलोमा अनौठो प्रयोग गरेका हो ।
पेशाले चिकित्सक रहेका डा. झा घरदैलोकै क्रममा बिरामीहरुलाई चेकजाँच समेत गर्ने गरेका छन् ।
आफ्नो पक्षमा मत माग्नका लागि मंगलबार नगराईन नगरपालिकामा घरदैलोका लागि पुगेका उनले बिरामीहरुलाई चेकजाँच गर्दै मत मागेका थिए । उनी नगराइन नगरपालिकाको देवडिहा, खिरखीरिया, नवटोलीमा घरदैलोका लागि पुगेका थिए । घरदैलोको क्रममा बिरामीको चेकजाँच गर्दा बिरामीलाई औषधी समेत दिने गरेका छन् ।
यसका साथै उनले आफ्नो पक्षमा मत माग्दै युवाहरुको भविश्य सुरक्षित गर्नका लागि जनमत पार्टीलाई मतदान गर्न आग्रह गरे ।
उनले यस अघिका सबै दल र नेताको कार्यशैलीबाट जनता परिचित भई सकेकाले अब जनमत पार्टीमाथी नै मतदाताले विश्वास गर्ने बताए । अन्य दल कुर्सीको लडाईमा मात्रै व्यस्त रह्ने गरेकाले युवाहरुलाई देश भित्रै रहेर केही गर्न सक्ने वातावरण श्रृजना गर्नका लागि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे ।
