जनकपुर, कार्तिक ६
जनकपुरधामबाट श्रोत नखुलेको लाखौँ रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप भारतबाट भन्सार छली गरि अवैध रूपमा ३८ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेका हुन् ।
अवैधरुपमा नेपाल भित्र्याएको आरोपमा महोतरी भंगहा नगरपालिका वडा नम्बर १ बस्ने २१ वर्षिय सुवम राज चौवेलाई प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरिएको धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
अवैध रकम नेपाल तर्फ ल्याउदै गरेको विशेष सुचनाको अधारमा जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर २१ कुर्था स्थित यामाहा कम्पनीको १५० सिसिको अन टेस्ट मोटरसाईकलमा सवार भई आई रहेकालाई शंकाको आधारमा चेकजाँच गर्दा आरोपित चौवेले बोको व्यागमा एक हजार रुपैयाँको दरले २९ बण्डल, पाँच सय रुपैयाँको दरले १९ बण्डल गरि कुल जम्मा. ३८ लाख पचास हजार रुपैयाँसहित पक्राउ गरिएको धनुषा प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।
आरोपित चौबेसहित बरामद गरिएको उक्ता रकम आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा पठाईएको उनले बताए ।
