• जनकपुरधाम, मधेश प्रदेश 
  • [email protected]
Khojvani

ताजा अपडेट

धनुषा– ४ मा पाका उम्मेदवारलाई युवा सञ्जयको चुनौती

रास्वपा उम्मेदवार किशोरी साहलाई ‘कालो सूची’ संकट

वीरगञ्जमा अनिश्चितकालीन कफ्र्यु

कांग्रेसको १० बुँदे भिजनसहित प्रतिज्ञापत्र सार्वजनिक

सब–इञ्जिनियर हत्या प्रकरणको विरोधमा कर्मचारी

अमेरिकी सैन्य परेडविरुद्ध माओवादीको आपत्ति

मिथिला माध्यमिकी परिक्रमा शुरू

‘निर्वाचन आचारसंहिता पालनाप्रति दृढ रहौँ’

निर्वाचनले प्रभावित धार्मिक पद यात्रा

धेरै पढिएको

समाजका लागि निरन्तर खटिरहने एक गुमनाम नेताको चर्चा

जनकपुरधाम उपमहानगरः मेयर पदमा नेतृ विजेता झाको पक्कापक्की !

‘प्रहरी समायोजन नभए प्रदेश प्रमुखको कार्यालय घेराउ, सर्वदलीय आन्दोलनदेखि प्रहरीलाई मधेशबाट लखेट्नेसम्मको योजना’

न्यायधीश निधि र अन्सारीले बलात्कार आरोपितलाई उन्मुक्ति दिँदा पदबाटै बर्खास्त

नयाँ दिल्लीमा आरजुसँग भएको भेटघाटलाई हल्ला आपरिधक फैलाइयो : अध्यक्ष प्रचण्ड

सर्लाहीमा श्रीमान र ससुरासहित तीनजना पक्राउ

मधेश प्रदेश सरकारः कार्यकर्ता पोस्दा मुख्यमन्त्री कार्यालयको बेरुजु बढ्यो

पाँच वर्षे कार्यकालको अन्तिम समयमा यूरोप भ्रमण जाँदै मधेश प्रदेश सरकारको जम्बो टोली

    • होम
    • समाचार
    • मुख्य खबर
    • समाज
    • देश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
    • विचार
    • अर्थ/वाणीज्य
    • खेलकुद
    • मनोरन्जन
    • अन्य
      • कृषि
      • शिक्षा/स्वास्थ्य
      • अन्तर्वार्ता
      • फोटो फिचर
  • Khojvani
    • होम
    • समाचार
    • मुख्य खबर
    • समाज
    • देश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
    • विचार
    • अर्थ/वाणीज्य
    • खेलकुद
    • मनोरन्जन
    • अन्य
      • कृषि
      • शिक्षा/स्वास्थ्य
      • अन्तर्वार्ता
      • फोटो फिचर

    डेङ्गुको उच्च जोखिममा बर्दिबास

    २०७९ कार्तिक ७, सोमबार १९:२५

    बर्दिबास, कार्तिक ७

    जताततै दिवाली (दीपावली, तिहार) पर्वको रमझम बढिरहेका बेला महोत्तरीको बर्दिबास अस्पतालमा भने डेङ्गु सङ्क्रमित भरिभराउ देखिएका छन् । भर्खरै पहिलो साता बित्दै गरेको कात्तिकमा मात्रै २० जना डेङ्गु सङ्क्रमित पाइएका छन् । यसपालि गत साउनदेखि बर्दिबासमा डेङ्गुको सङ्क्रमण देखिन थालेको हो । यो क्रम हालसम्म (अस्पतालको अभिलेखअनुसार कात्तिक ५ गतेसम्म) आइपुग्दा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक सय ४० पुगेको बर्दिबास अस्पतालले जनाएको हो । “यसपालि गत साउनमा पहिलो पटक दुईजनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो, हालसम्म यो सङ्ख्या एक सय ४० पुगेको छ”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनले भन्नुभयो । यो बर्दिबास अस्पतालको जाँच नतिजाको मात्र सङ्ख्या हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालमा पनि डेङ्गु जाँच हुँदै आएका छन् । अस्पतालमा गत साउनमा २६, भदौमा एक सय २४, असोजमा दुई सय ३९ र जारी कात्तिकको पाँच गतेसम्म ४९ जनाको जाँच गरिएको थियो । जसमा साउनमा दुई, भदौमा २४, असोजमा ९४ र जारी कात्तिकका पाँच दिन (कात्तिक ५ गतेसम्म) २० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । चाडपर्वमा भीडभाड बढ्ने र सरसफाइमा समुचित ध्यान नपुग्दा डेङ्गु फैलाउने ‘आडेस’ नाउँको लामखुट्टेको वृद्धि भएर सङ्क्रमण बढेको चिकित्सकको भनाइ छ । बर्दिबास नगरक्षेत्र पछिल्ला पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ । पछिल्ला चार वर्ष फाटफुटमात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ सालमा भने यसले यहाँ आतङ्क नै मच्चाएको थियो । २०७४ सालको साउनदेखि असोज मध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै आठ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको पुरानो अभिलेख उद्धृत गर्दै नगर कार्यपालिकाको कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जनाएको छ । त्यसयताका वर्षमा केही सङ्क्रमण पुष्टि हुँदै आएको बर्दिबासमा यसपालि भने केही महिनाभित्रै सङ्क्रमितको सङ्ख्या एक सय ४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवान बताउनुहुन्छ । पछिल्लोपटक नगरक्षेत्रमा डेङ्गु सङ्क्रमण बढ्दै गएपछि बर्दिबास नगरपालिका नेतृत्वले यसविरुद्ध सरसफाइ अभियान जारी राखेको छ । नगरका सबै (१४ वडा) वडामा वडाध्यक्षको संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाइ गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र कीटनाशक औषधि छर्ने अभियान नै थालिएको नगरप्रमुख प्रल्हादकुमार क्षत्री बताउनुहुन्छ । यद्यपि नगरका सर्वसाधारण भने औषधि छर्कने र आडेस लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान प्रभावकारी सञ्चालन नभएको गुनासो गर्छन् । आफ्ना घरआँगन, कोठाचोटा र वरपर नियमित सरसफाइ गर्ने, लामखुट्टेले पानीमा फुल पार्ने भएको हुँदा कतै पानी जम्न नदिने र घर प्रयोजनका लागि भण्डारण गरिने पानी छोपेर राख्ने मात्रै गरिए पनि यसको नियन्त्रणमा बल पुग्ने डा महर्जन बताउनुहुन्छ । यसबाहेक नगर कार्यपालिका र स्वास्थ्यसम्बद्ध सबै संस्थाको डेङ्गु नियन्त्रणमा सङ्गठित प्रयत्न हुनुपर्ने चिकित्सकहरुको भनाइ छ । यसैबीच डेङ्गु सङ्क्रमणको अवस्थाप्रति सबै सचेत भई यसविरुद्धका अभियानमा सरिक हुन बर्दिबास नगरप्रमुख प्रल्हाद क्षेत्रीले नगरवासीसँग अपिल गर्नुभएको छ । भीडभाड बढ्ने चाडपर्वका बेला अझ यसबारे सचेत भई सरसफाइमा विशेष ध्यान दिन नगरप्रमुख क्षत्रीको नगरवासीमा आग्रह छ । – रासस

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित खवर

    धनुषा– ४ मा पाका उम्मेदवारलाई युवा सञ्जयको चुनौती

    रास्वपा उम्मेदवार किशोरी साहलाई ‘कालो सूची’ संकट

    वीरगञ्जमा अनिश्चितकालीन कफ्र्यु

    कांग्रेसको १० बुँदे भिजनसहित प्रतिज्ञापत्र सार्वजनिक

    सब–इञ्जिनियर हत्या प्रकरणको विरोधमा कर्मचारी

    अमेरिकी सैन्य परेडविरुद्ध माओवादीको आपत्ति

    ताजा समाचार

    • धनुषा– ४ मा पाका उम्मेदवारलाई युवा सञ्जयको चुनौती

    • रास्वपा उम्मेदवार किशोरी साहलाई ‘कालो सूची’ संकट

    • वीरगञ्जमा अनिश्चितकालीन कफ्र्यु

    • कांग्रेसको १० बुँदे भिजनसहित प्रतिज्ञापत्र सार्वजनिक

    • सब–इञ्जिनियर हत्या प्रकरणको विरोधमा कर्मचारी

    • अमेरिकी सैन्य परेडविरुद्ध माओवादीको आपत्ति

    ट्रेंडिंग

    • समाजका लागि निरन्तर खटिरहने एक गुमनाम नेताको चर्चा

    • जनकपुरधाम उपमहानगरः मेयर पदमा नेतृ विजेता झाको पक्कापक्की !

    • ‘प्रहरी समायोजन नभए प्रदेश प्रमुखको कार्यालय घेराउ, सर्वदलीय आन्दोलनदेखि प्रहरीलाई मधेशबाट लखेट्नेसम्मको योजना’

    • न्यायधीश निधि र अन्सारीले बलात्कार आरोपितलाई उन्मुक्ति दिँदा पदबाटै बर्खास्त

    • नयाँ दिल्लीमा आरजुसँग भएको भेटघाटलाई हल्ला आपरिधक फैलाइयो : अध्यक्ष प्रचण्ड

    सम्पर्क

    स्टेट न्यूज नेटवर्क प्रा.लि.द्वारा सञ्चालित
    खोजवाणी डटकम अनलाईन
    नगराईन नगरपालिका, धनुषा
    इमेल : [email protected]
    सम्पर्क नं.: +977-9844073855
    दर्ता प्रमाणपत्र नं. म.प्र. ००१२/०७८-७९

    हाम्रो टीम

    सञ्चालक/सम्पादकः मिना कर्ण

    Quick Links

    About Us
    Privacy Policy
    Terms of Service
    Contact Us
    Advertise

    Social Media

    Copyright © 2026, सर्वाधिकार सुरक्षित | Developed By ProTech