काठमाण्डौ, कार्तिक १२
प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ३ मा उम्मेदवार जुलीकुमारी महतोलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
आयोगले प्युठानका उम्मेदवार सूर्य थापालाई पनि स्पष्टीकरण सोधेको छ ।
नेकपा एमालेकी पोलिटव्यूरो सदस्य रहेकी उम्मेदवार महतोले आफ्नो गाडीको पछाडि चुनावी फ्लेक्स टाँसेर निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार गरेको तथा थापाले बालबालिकाको प्रयोग गरी चुनावी गीत गाउन लगाएको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
