जनकपुर, कार्तिक १२
धनुषाको तिनकौरिया मोटरसाईकल दुर्घटना हुदाँ घाइते रहेका रितेशको उपचारको क्रममा मृत्यू भएको छ ।
धनुषाको विदेह नगरपालिका स्थित तिनकौरियाबाट लग्मा तर्फ जादैँ गरेको प्रदेश २–०२–००५ प ५३८१ नम्बरको डिस्कोभर मोटरसाईकल र लग्माबाट विपरित दिशा तर्फबाट आउँदै गरेको स.१० प ७९७५ नम्बरको आरटिआर मोटरसाईल विदेह नगरपालिका स्थित सघाडामा रहेको हुलाकी सडक खण्डमा एकआपसमा ठोक्किदाँ धनुषाको विदेह नगरपालिका वडा नम्बर ७ बस्ने १८ वर्षिय रितेशकुमार यादवको उपचारको क्रममा मृत्यू भएको प्रहरी चौकी गिद्धाले जानकारी दिएको छ ।
उनको जनकपुरधाम स्थित अस्पतालमा हुँदै आएको थियो ।
