जनकपुर, कार्तिक १८
धनुषा–१ मा त्रिपक्षीय उम्मेदवार वीच प्रतिष्पर्धा देखिएको छ ।
पाँच दलीय गठबन्धनका उम्मेदवार समेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव अघि देखिएपछि उनलाई पछ्याउँदै मधेश प्रदेशका पूर्व प्रदेश सांसद तथा नेकपा एमाले त्याग्दै जनमत पार्टीमा प्रवेश गरेका किशोरी साह कमल वीच प्रतिष्पर्धा हुने भएको छ ।
यस अघि पूर्वमन्त्री समेत रहेका नेता यादवलाई नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवार दिपक कार्कीले पछ्याउँदै गएको थियो । तर कार्कीलाई पनि उछिनेर साह अघि बढेको छ ।
कांग्रेसको बाहुल्यता हुदाँ हुदैँ पनि काँग्रेस सिद्वान्त तथा गतिहिन भएको भन्दै नेता साहले भने, ‘ एमालेले जुनुन नेता कार्यकर्तासंग अन्याय गरेको तथा मधेशवादी दलले सत्ता र स्वार्थमाथि रहेर रोटी सेक्ने काम गरेकाले यहाँका मतदाता विकल्पको खोजीमा रहेको छ । र यसपटक आपुालई रुचाउँछ ।’
