जनकपुर, कार्तिक २१

धनुषाको ३ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार डा. प्रसन्न झाले आफु निर्वाचित भएमा स्वास्थ्य र शिक्षा क्षेत्रमा व्याप्त रहेको विकृतिको अन्त्य गर्दै क्रान्ति ल्याउने दावी गरेका छन् ।

सोमबार धनुषा ३ (क) मा मतदातासँग कुराकानी गर्दै उम्मेदवार डा. झाले आफु चिकित्सकीय पेसाबाट राजनीतिमा आएको हुनाले आफ्नो उद्देश्यर र एजेण्डा भनेको स्वास्थ्य क्षेत्रमा रहेको कमिसनखोर प्रवृत्ति र अव्यवस्थित अवस्थालाई वैज्ञानिक विधि पद्धती अनुसार सुधार गर्दै आमजनसँग प्रत्यक्षरुपमा स्वास्थ्य क्षेत्रलाई प्राथयमिकतासाथ जोड्ने र शिक्षा क्षेत्रलाई जनउपयोगी अनुसार रोजगारमुखी बनाउने योजना रहेको स्पष्ट पारे । उनले जनमत पार्टीका नेता समेत रहेका उम्मेदवार डा. झाले मतदातासँगको भेटघाटको क्रममा यस क्षेत्रमा स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको विकृति विसंगतीलाई अन्त्य गर्दै हरेक जनतामा चेतना जागृत गर्नु आवश्यक रहेको बताए ।

उनले गलत उम्मेदवारलाई मतदान गरेर पछुताउनुभन्दा बेलैमा सोचेर सही र सक्षम व्यक्तिलाई मतदाताले छनोट गरेमा शिक्षा, स्वास्थ्य, रोजगारलगायतका मुद्दाहरु वास्तविकरुपमा सम्भव हुने बताए । यसका लागि आफुलाई अवसर दिनका लागि उनले मतदाता समक्ष आग्रह समेत गरे ।