जनकपुर, कार्तिक २१
पाँच दलीय गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका धनुषा–२(ख)का प्रदेशसभा सदस्यका उम्मेदवार श्याम यादवले जनताका लागि जनताबाट चुनिएर यहाँको स्थानीय समस्या बेरोजगारी, मल खाद्यको समस्या, नागरिकताको समस्याहरुको समाधान गर्नका लागि पाँच दलीय गठबन्धनलाई निर्वाचित हुनुपर्ने बाध्यता रहेकाले मतदाताले मतदान गर्नेमा आफुहरु ढुक्क रहेको बताए ।
उनले जनताले हामीलाई सुरु देखि नै साथ, सहयोग र गुनासाहरु सुनाउँदै आएकाले हामीले जनताका लागि विकास र क्षेत्रको परिवर्तन गर्नुपर्ने आजको आवश्यकता रहेको बताए ।
उनले यूवा, महिला, दलित, सिमान्तकृत वर्ग र उत्पिडनमा परेका समुदायका लागि विशेष योजनासहित कृषिमुलक सीप, मलखाद्यको समस्याको अन्त्य, यूवालाई सीपमुलक तालिम र रोजगार, महिलालाई विशेषाधिकारसहित घर बाहिर पनि काम गर्ने वातावरण र बालबालिका तथा अपांगमैत्रीपूर्ण भौतिक तथा आर्थिक विकासले मात्रै समुन्न क्षेत्रको विकासले समृद्धि मुलुक हुने बताए ।
उनले अहिले संविधान रक्षा, संविधान संशोधन, नागरिकता विधेयक पारित गर्दै नागरिकता विहीनताको समस्या सदाका लागि अन्त्यको आवश्यकता रहेकाले यस प्रति आफुहरु पूर्ण प्रतिवद्ध रहेको समेत बताए ।
धनुषा– २ मा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वीच मात्रै गठबन्धन भएको छ ।

