जनकपुर, कार्तिक २२
पाँच दलीय गठबन्धनका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले साधारण सदस्यबाट समेत निष्कासन गरेको छ ।
मंगलबार माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज गणेश साहले एक विज्ञप्ति जारी गर्दै महोत्तरी–१(ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका विष्णुबहादुर योञ्जन, उम्मेदवार योञ्जनका प्रवस्तावक पृथ्वीबहादुर बलम्पाकी र उनका समर्थक विजयकुमार यादवलाई साधारण सदस्य नरहने गरि निष्कासन गरिएको हो ।
इन्चार्ज साहले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनको नारा सहित २०७९ मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रेशसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु वीच सहमति भई बनेका माओवादी केन्द्रका उम्मेदवारको विरुद्धमा तथा गठबन्धन दल वीच समहमति बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी तथा त्यसका प्रस्तावक र समर्थकहरुलाई सार्वजनिक रुपमा उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दा समेत वास्ता नगरेकाले माओवादीको अन्तरिम विधान अनुसार पार्टीको सिद्धान्त, कार्याक्रम, नीति प्रभाविजत भएकोले अनुशासनको कारवाही गरी आजको मितिदेखि लागु हुने गरि साधारण सदस्य समेतबाट निष्कासन गरेको बताए ।
