जनकपुर, कार्तिक २२

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको क्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेवार किशोरी साह कमलले स्वयम प्रदेशसभाबाट आवासीय सुविधा नलिने एकमात्र सांसद रहेको कुरा जनतालाई बुझनु पर्ने बताएका छन् । यहाँ ईमान्दारको ठाँउ छैन मान्छेले भन्छ उनले भने, ‘मलाई बिश्वास छ यसपालि ईमान्दारको जित हुन्छ हुन्छ ।’

विकास निर्माणको क्रममा जनकपुरधामको चारैतिर १५ किलोमिटरको परिधि भित्र घर हुने सांसदहरुले आवासीय सेवा सुविधा नपाउने नियम रहेको र धेरै सांसदको घर जनकपुरधाममा रहेपनि आवासिय सुविधा नलिने कमल एक्लो सांसद आफु नै रहेको दावी समेत गरे । सुरुको चार पाँच महिनाको आवासीय सुविधा सहितको तलव सांसद कमलको खातामा आइसकेको थियो उनले भने, ‘ सांसद ज्यूले पछि प्रदेशसभामा बुझेपछि आफु नियमानुसार आवासीय सुविधा नलिने भन्दै आएको पैसा पनि फिर्ता गर्न लगाएका हुन ।’

नेकपा एमालेका पूर्व नेता समेत रहेका साले आफुले ईमान्दारिताको राजनिति गर्दै आएको र कुनै पनि परिस्थितीमा राजनीति गरिरहने बताए ।