जनकपुर, कार्तिक २३
अगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । उम्मेदावारहरु आ–आफ्नो प्रचारप्रसारमा कम्मर कसेर लागि परेका छन् ।
यसैक्रममा जनकपुरधाममा भएको कवि विद्यापतिको स्मृति पर्वको अवसरमा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अनिलकुमार झालाई स्थानीय आयोजकल बोलाएको थियो ।
तर कार्यक्रम समापनको अर्को दिन उम्मेदवार अनिलकुमार झाको सामाजिक सञ्जाल पेजबाट सो सांस्कृतिक कार्यक्रमको फुटेजहरुमा उम्मेदवारले आफ्नो प्रचार गर्दै अन्य व्यक्तिहरुले सो भिडियो सामाजिक सञ्जालमा हेरेपछि स्थानीय यूवा चन्द्रमोहन चौधरीले आफ्नो चरित्र हत्या गरेको भन्दै उम्मेदवार झालगायतका विरुद्धमा प्रदेश निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएका छन् । चौधरीले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेकाले उनीहरुको उम्मेदवारी खारेजी हुनुपर्ने मागसमेत गरेका छन् ।
उनले सो कार्यक्रम राजनीतिक प्रचारप्रसार गर्ने उद्देश्यले नभएको र सो कार्यक्रममा आफूलाई समितिको पूर्वसंयोजकको हैसियतले आमन्त्रण गरिएको बेलामा कार्यक्रमको दृश्य, तस्बिर लगायतलाई भिडियो रिमिक्स बनाएर आफ्नो पार्टी र गठबन्धनको प्रचारप्रसारमा प्रयोग गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।


