जनकपुर, कार्तिक २६

धनुषाको ३(क) बाट प्रदेशसभामा उम्मेदवारी दिएका डा. प्रसन्नकुमार झाले जनताले आफूलाई अवसर दिने मूड बनाई सकेको दावी गरेका छन् ।

जनतामाझ आफ्नो आवत जावत बढाएप्छि आफूप्रति जनताको लगाव बढ्न लागेको उनले बताए ।

विदेह नगरपालिका वडा नम्बर ९मा घरदैलोका लागि पुगेका उम्मेदवार झाले मतदाताहरुमा आफूप्रतिको सदभाव बढिरहेको बताए । जनताले परिवर्तन खोजिरहेका कारण आफू त्यो परिवर्तन बनेर जनता माझ अगाडि आएको बताए ।

उनले यसअघि निर्वाचित प्रतिनिधिहरुले जनतासँग मत लिएर गएपनि जनताको काम नगरेको आरोप लगाउँदै उनले आफू त्यस्तो नगर्ने दावी गर्दै परिवर्तनका लागि जनमतको पक्षमा मतदान गर्न अपिल गरे ।