जनकपुर, मंसिर १

नेकपा माओवादी केन्द्रले संविधानसभा सदस्य शिवपुजन यादवलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ ।

बुधबार लिखितरुपमा स्पष्टिकरण माग्दै पत्र काटेको एक दिन नवित्दै माओवादी केन्द्र मधेश प्रदेशका ईन्चार्ज गणेश साहले मधेश प्रदेश कमिटी सदस्य यादवलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको हो ।

पाँच दलीय गठबन्धन विरुद्ध तथा गठवन्धन दल बिच सहमति बनेका गठबन्धन दलका अधिकारिक उम्मेदवारको विरुद्धमा आफ्नै छोरीलाई बागी उम्मेदवार बनाएर प्रतिनिधि सभामा भतिजो र अन्य सदस्यलाई प्रदेश सभामा पार्टीसंग गरेका बाचालाई समेत ख्याल नगरी मनोपोली ढंगले पार्टीको निर्णय विपरीत कार्यहरु गरी प्रचार प्रसारमा संलग्न भएकोले यादवलाई साधारण सदस्यबाट समेत निष्काशन गरिएको प्रदेश ईन्चार्ज साहले जानकारी दिए ।

No description available.

माओवादी केन्द्रले सार्वजनिक रुपमा उम्मेदवारी फिर्ता लिनका लागि भनेको तथा २४ घण्टे स्पष्टिकरणको कुनै जवाफ हाल सम्म नदिादाँ माओवादी केन्द्रको अन्तरिम विधान २०७८ को धारा ७११ (छ) को पार्टीको सिद्धान्त, कार्यक्रम नीति प्रभावित भएकोले धारा ९(१) (ग) बमोजिम पार्टीले अनुशासनको कारबाही गरी आजको मिति देखि नै लागु हुने गरी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी साधारण सदस्य समेतबाट निष्कासन गरेको प्रदेश ईन्चार्ज साहले स्पष्ट पारे ।यादवले सर्लाही–४ बाट मधुमाला यादवलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिलाएपछि उनी विवादमा मुछिएका थिए ।

No description available.