जनकपुर, मंसिर १
धनुषा– १ मा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दिपक कार्की वीच कडा प्रतिस्पर्धा हुने भएको छ । तर यी दूबै उम्मेदवारका वीच तेश्रा उम्मेदवार किशोरी साहको पनि ईन्ट्री भईसकेको छ । यस पटकको निर्वाचनमा जनमत पार्टीबाट उम्मेदवारी दिएका किशोरी साह कमलले गर्दा त्रिपक्षीय भिडन्त हुने सम्भावना देखिन्छ ।
पूर्वमन्त्री समेत रहेका माओवादी केन्द्रका उपमहासचिव यादव र कार्की बिचको प्रतिस्पर्धामा कमलले समेत जित निकाल्न सक्ने कतिपयले आकलन गरिरहेको छ ।
यसपटक यादव र कार्कीको प्रतिस्पर्धामा जनमत पार्टीका नेता किशोरी साह कमल पनि थपिएका छन् । उनी गत निर्वाचनमा नेकपा एमालेबाट टिकट पाएर सोही क्षेत्रको प्रदेशसभा (क) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभामा निर्वाीचत भएका थिए । चुनावी तालमेलको क्रममा जसपाको भागमा संघ र प्रदेश दुवै परेपछि साहले एमाले परित्याग गर्दै जनमत पार्टीबाट उम्मेदवारी दिएका हुन् ।
गत निर्वाचनमा वाम गठबन्धन रहेकाले साहले माओवादी केन्द्रका उम्मेदवार यादवलाई सघाएका थिए । तर यसपटक साह आफै चुनावी मैदानमा रहेकाले यादव केही असर पर्न सक्ने आकलन गरिएको छ । यसका साथै मधेशवादी गठबन्धन रहेको पछिल्लो निर्वाचनमा लोसपा नेपाल नेता यादवको साथमा रहेको छ ।
