जनकपुर,  मंसिर २

मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिन निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूलाई नेपाल सरकारले आग्रह गरेको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकोले निजी क्षेत्रले पनि सो दिन सार्वजनिक बिदा दिएर निर्वाचन प्रक्रियामा सघाउन आग्रह गरेको हो ।

गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ –’मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मिति २०७९ मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकारबाट निर्णय भएको हुँदा त्यहाँ अन्तर्गतका निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयहरूमा समेत मिति २०७९ मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने व्यवस्था हुन आदेशानुसार अनुरोध छ ।’