सर्लाही, मंसिर २

नेपाली काँग्रेसले सर्लाही– २ को प्रदेशसभा सदस्यको उम्मेदवार रहेका नेता जंगीलाल राय यादवलाई कारवाही गरेको छ ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य जंगीलाल राय यादवलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उम्मेदवार यादवलाई कारवाही गरिएको जनाएका हुन् ।

सर्लाही – २ को प्रदेशसभा १ मा कांग्रेस र गठबन्धन दलबिच भएको सहमती बमोजिमको कार्य नगरेको भन्दै यादवलाई पार्टीले यसअघि नै स्पष्टीकरण सोधेको थियो ।

नेता यादवले समयभित्र आफ्नो राय सहितको स्पष्टिकरण नबुझाएकाले उनलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम पार्टी सदस्यता समेत नरहने गरी कारवाही गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक ढुंगानाले जनाएको छ ।