काठमाण्डौ, पुस ३०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाने तयारीमा लागेका छन् ।
शनिवार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा अनलाइन मिडियाका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै त्यसको तयारी भइरहेको बताए ।
यसअघि पनि प्रधानमन्त्री प्रचण्डले भारतमै पहिलो भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए ।
