जनकपुर, माघ ४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भागवण्डा अनुसार मन्त्रालय नदिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।
बुधबार बसेको जसपा नेपाल संसदीय दलको बैठकबाट तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।
त्यस्तै सभामुखको निर्वाचनबारे जसपाले भोलिसम्ममा निर्णय गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपा नेपालका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली काँग्रेससँग छलफल गरेर निष्कर्षमा पुगिने उनले बताए ।
