विनाविभागीय मन्त्रीहरुले पाए जिम्मेवारी

जनकपुर, माघ १०

मधेश प्रदेशमा सत्तारुढ गठबन्धनको बैठकबाट आगामी तीनदिन भित्र विस्तार गरिने मन्त्रीपरिषद्मा लोसपा नेपाललाई सहभागी नगराउने निर्णय भएको छ ।

यससँगै तीन भित्रमा प्रदेश सरकारलाई पूर्णता दिने तथा मन्त्रालयको संख्या एवं राज्यमन्त्री समेत राख्ने निर्णय गरेको जनाइएको छ ।

मधेश प्रदेश सरकारलाई समर्थन गरेका लोकतान्त्रीक समाजवादी पार्टी नेपाललाई पनि प्रदेश सरकारमा सहभागिता गराउने तयारी थियो । तर संघीय संसदमा सभामुख र उपसभामुखको निर्वाचनमा लोसपा नेपालले विपक्षी गठबन्धनलाई सहयोग गरेको भन्दै तत्काल मन्त्रिपरिषद्मा लोसपालाई सहभागी नगराउने योजनामा सत्ता गठबन्धन बैठकको निष्कर्ष रहेको छ ।

सत्ता साझोदर दलहरुबीचमा मन्त्रालयको नबढाउने तथा मन्त्री एवं राज्यमन्त्रीको संख्यालाई विगतको प्रदेश सरकार जस्तै यथावत राख्ने सत्तारुढ गठबन्धन वीच समझदारी भएको विनाविभागीय मन्त्री सरोज यादवले जानकारी दिए ।मधेसका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो

स्रोतका अनुसार विनाविभागीय मन्त्री सरोज यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहालाई सामाजिक विकास मन्त्रालय र जसपाका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

तर यता विनाविभागीय मन्त्री सरोज यादवले तीन दिन भित्रमा प्रदेश सरकारले पूर्णता पाउने बताए ।

सत्तागठबन्धनको बैठकमा भएको छलफल अनुसार नेकपा माओवादी केन्द्रले १, जनमत पार्टीले २, जसपा नेपालले ३ र नेकपा एमालेले ४ वटा मन्त्रालय पाउने छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले गत पुस २७ गते नियुक्त भएका थिए भने २९ गते तीन जना विना विभागिय मन्त्रीसहित सपथ लिएका थिए ।