जनकपुर, माघ १२
मधेश प्रदेश सरकारले नियूक्त गरेका विनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले विनाविभागीय मन्त्रीहरु सरोज यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
दुई सातादेखि विनाविभागीय मन्त्री बनेर बसेकाहरुलाई जिम्मेवारी दिइएपनि मुख्यमन्त्री यादवले भने अझैसम्म पनि बाँकी ७ वटा मन्त्रालय आफैंसँग राखेका छन् ।
पुस २९ गते मुख्यमन्त्री यादवसँगै नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले बिनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।

