जनकपुर, माघ १७

तराई–मधेश लोकतान्त्रिक पार्टीले विभिन्न साना घटक दलहरुसँग पार्टी सहकार्य तथा एकताका लागि पहलकदमी लिएका छन् ।

मंगलबार तमलोपाको केन्द्रीय कार्यालयमा लोकतान्त्रिक मधेशी फ्रन्टको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ नेता डा. विजयकुमार सिंहले विभिन्न पार्टीहरुका प्रतिनिधिहरुबीच एकता र सहकार्यको विषयमा केन्द्रित रही छलफल अघि बढाइएको छ ।No description available.

छलफलको क्रममा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री नारायण ठाकुर, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो र केन्द्रीय सदस्य बालकेश्वर ठाकुर, राष्ट्रिय सद्भावना पार्टीका प्रवक्ता, राजेश्वर ठाकुर, बहुजन एकता पार्टीका केन्द्रीय सदस्य राम सागर महरा, स्वाधीन मधेश जनअभियानका केन्द्रीय सदस्य बिपिन अधिकारी र नेपाल लोकतान्त्रिक पार्टीका डा. कृष्णचन्द्र साहलगायतकाहरुको सहभागिता रहेको थियो ।

उक्त बैठकबाट सहकार्य तथा एकतालाई आगाडि बढाउने निर्णय गर्दै यसलाई ठोस स्वरुप प्रदान गर्न फागुन १ गते सोमबार पुनः बैठक बस्ने निर्णय भएको तमलोपाका केन्द्रिय नेता उमेश मण्डलले जानकारी दिए ।No description available.

 

विभिन्न घटक दलहरु वीच भएको सहमतिहरुः–

प्रेस नोटः

आज २०७९\१०\१७ गते तमलोपाको केन्द्रिय कार्यालयमा लोकतान्त्रिक मधेशी फ्रन्टको आयोजनमा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहको अध्यक्षतामा निम्न लिखित पार्टीहरुका प्रतिनिधिहरु बीच एकता र सहकार्यको विषयमा केन्द्रित रही छलफल सम्पन्न भयो ।
सहभागी दलहरूः
१. तराई–मधेश लोकतान्त्रिक पार्टी, अध्यक्ष, वृषेशचन्द्र लाल, वरिष्ठ नेता, डा. विजयकुमार सिंह
२. ऐतिहासिक जनता पार्टी, अध्यक्ष, बद्री नारायण ठाकुर
३. नेपाल सद्भावना पार्टी, अध्यक्ष, रामकुमार महतो, के. स. बालकेश्वर ठाकुर
४. राष्ट्रीय सद्भावना पार्टी, के. प्रवक्ता, राजेश्वर ठाकुर
५. बहुजन एकता पार्टी, के. सदस्य, राम सागर महरा
६. स्वाधीन मधेश जनअभियान, के. सदस्य, बिपिन अधिकारी
७. नेपाल लोकतान्त्रिक पार्टी, डा. कृष्णचन्द्र साह
आजको बैठकले एकता र सहकार्यलाई आगाडि बढाउने निर्णय गर्दै यसलाई ठोस स्वरुप प्रदान गर्न २००७९\११\१ गते सोमवार पुनः बैठक बस्ने निर्णय गर्यो ।