जनकपुर, माघ २०

मधेश प्रदेशका नवनियुक्त गृह तथा सञ्चारमन्त्री सत्रुधनप्रसाद सिंहले सपथ ग्रहणसँगै पदभार ग्रहण समेत गरेका छन् ।

पदभार ग्रहण गर्दै नवनियूक्त गृह तथा सञ्चारमन्त्री सिंहले ‘नागरिकसँग गृह तथा सञ्चारमन्त्री कार्यक्रम’ सञ्चालन गर्ने निर्णय गरेका छन् ।

उनले प्रदेशमा शान्ति सुरक्षाको स्थितिको विषयमा ‘नागरिकसँग गृह तथा संचार मन्त्री’ कार्यक्रम निरन्तररूपमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

पदभार सम्हाल्दै उनले पहिलो जिम्मेवारी प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा रहेकाले प्रदेशको शान्ति सुरक्षाको अवस्था बारे नागरिकहरुको धारणा तथा नागरिकसमक्ष सम्पर्क विस्तार गर्ने, शान्ति, सुरक्षा र सुव्यवस्थालाई सुदृढ बनाउन सरोकारवालाहरूबीच अन्तरक्रिया गर्ने, पृष्ठपोषण प्राप्त गर्ने लगायतका क्रियाकल्प सञ्चालन गर्ने निर्णयमा भनिएको छ ।

उक्त कार्यक्रमको लागि चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश नभएकाले विविध खर्च शीर्षकबाट कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।