जनकपुर, माघ २१
मधेश प्रदेश सभाको पाँचौ स्थापना दिवस अवसरमा विभिन्न कार्यक्रम गरि मनाउँदै छ ।
स्थापना दिवसको अवसरमा प्रदेशसभा सचिवालयमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।
सो अवसरमा रक्तदान, उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण, केही दिनअघि देखि हुने गरेको खेलकुदको प्रमाणपत्र वितरण, मन्तव्य कार्यक्रम आयोजन गरेर स्थापना दिवस मनाउदैँ आईरहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

संघीयता कार्यान्वयनसँगै स्थापना भएको प्रदेशमा प्रदेशसभा समेत स्थापना भएको हो । मधेश प्रदेशमा २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बैठक बसेको थियो । सो अवसरमा पत्येक वर्ष माघ १ गते प्रदेशसभा सचिवालयले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउदैँ आएको छ ।

