जनकपुर, फागुन १४
धनुषाको मिथिला नगरपालिकामा आगलागी भएको छ ।
आगलागीको कारण चौठी मुखियाको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर १ स्थित लक्ष्मीनिबासको बसही खोला किनार अवस्थित नयाँ टोलमा आइतबार आगलागी हुँदा स्थानिय चौठी मुखियाको घर पूर्णरुपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट मुखियाको घरमा रहेका लत्ताकपडा, अन्न भण्डार गरि करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको धनुषा प्रहरीले जनाएको छ ।
स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएपनि घरसमेत पूर्णरुपेण जलेर नष्ट भएको वडा सचिव शिवशंकर प्रसाद सिंहले जनाएका छन् ।



