जनकपुर, चैत १०

यही चैत १७ गते देखि हुने एसईई परीक्षा हुँदैछ । एसईई परीक्षाको तयारी र शिक्षक एवं परीक्षार्थीलगायतको व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मधेश प्रदेशको ८ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइका अधिकारीसँग मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादव वीच अन्तरक्रिया सम्पन्न भएको हो ।

शुक्रबार जनकपुरधाममा भएको माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ सञ्चालन तथा व्यवस्थापन सम्बन्धी इकाई प्रमुखसँग एक दिने अभिमुखिकरण तथा अन्तरक्रियामा एसएसई परीक्षालाई मर्यादित, भयरहीत र सुरक्षित बनाउनका लागि शिक्षा विकास तथा समन्वय इकाइ अधिकारहरु वीचमा छलफल समेत भएको छ ।

शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले एसईई परीक्षालाई मर्यादित, अनुशासित र भयरहीत वातावरणका लागि सरोकारवाल गम्भिर हुनु आवश्यकता रहेको बताएका छन् ।

शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री यादवले विगतमा जे जस्तो भएपनि यस पटकको परीक्षामा शिक्षक, शिक्षा अधिकारी, सुरक्षाकर्मी तथा अनुगमन संयन्त्रलगायतकाले परीक्षार्थीलाई कुनै पनि किसिमको तनाव र अनावश्यक मानसिक यातना दिने कार्य हुन नहुने बताए । उनले परीक्षार्थीले आफ्नो भविष्यबारे कति चिन्तित छन् भन्ने कुरा यस एसईई परीक्षाको परिणामबाट निर्धारण गर्ने हुनाले निर्धक्कतासाथ शान्तिपूर्ण वातावरणमा परीक्षा हुने बताए ।

उनले परीक्षार्थी मुलुक र प्रदेशको भविष्यको कर्णधार रहेकाले यसप्रति प्रदेश सरकार, शिक्षा विकास अधिकारी, शिक्षक र विद्यार्थीहरु आफैमा सचेत हुनुपर्ने बताए ।

No description available.

यस कार्यक्रममा शिक्षा विकास निर्देशनालयले प्रस्तुत गरेको प्रतिवेदन अनुसार मधेश प्रदेशको ८ वटा जिल्ला मध्ये ४ वटा जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइले विगतको रकम भुक्तानी सम्बन्धी फर्छ्यौट नगरेकाले तत्काल फर्छ्यौट गरे मात्रै यस वर्षमा हुन लागेको एसईई परीक्षाको बजेट भुक्तानी हुने जनाएका छन् ।

सप्तरी, धनुषा, बारा र पर्साले अहिलेसम्म फर्छ्यौट नगर्दा बेरुजुमा देखिएकाले यस पटकका भुक्तानीका लागि तत्काल फर्छ्यौट गर्नुपर्ने आवश्यकता रहेको शिक्षा विकास निर्देशनालयले जनाइएको छ ।

No description available.