जनकपुर, साउन ६ ।

जननायक वी.पी. कोइरालाको स्मृतिमा देशव्यापीरुपमा स्मृति दिवस मनाइएको छ ।

स्मृति दिवसको अवसरमा नेपाली काँग्रेसले धनुषामा पनि विविध कार्यक्रम गरी मनाएको हो ।

शनिबार जनकपुरधामसहित धनुषामा रुख रोप्ने अभियान अन्तर्गत धनुषाको हरेक वडास्तरसम्ममा वृक्षारोपण गरी मनाएका छन् ।

No description available.

नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पँजियारले जनाएअनुसार धनुषाको सबै पालिका, वडा कार्य समिति, टोल समिति क्रियाशिल सदस्इ, भ्रातृ संगठन तथा शुभेच्छुक संस्थका सदस्यहरुको सहभागितामा रुख रोप्ने अभियान अन्तर्गत वृक्षारोपण गरि वीपी कोइराला स्मृति दिवस मनाएको जानकारी दिए ।

धनुषा काँग्रेसले जिल्लाव्यापिरुपमै रुख रोपेर स्मृति दिवस मनाएको युवा नेता सुजित मिश्रले बताए ।

No description available.