खोजवाणी संवाददाता
जनकपुर, असोज ५
सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले राष्ट्रिय शिक्षक महासंघले काठमाडाँै केन्द्रित गरेको आन्दोलनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ती जारी गर्दै दुवै पक्षलाई गम्भीर भई सहमति गर्न आग्रह गरेका छन् ।
अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा ‘शिक्षक संगठनद्वारा अघि सारिएका मागहरु प्रति गम्भिर भई नेपाल सरकार यथासिघ्र औपचारिक वार्ताद्वारा दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात गर्दै सहमतिमा पुगेर निकाश दिनु पर्दछ’ उल्लेख गरिएको छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा तीन दिनदेखि उत्रेका छन् । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयमा पठन-पाठन ठप्प भएको छ । भने बालबालिका विद्यार्थीहरुको अध्ययन ठप्प भएपछि उनीहरु अध्ययन गर्नबाट समेत वञ्चित भएका छन् ।
अध्यक्ष ठाकुरले यथाशिघ्र पठन÷पाठन सुचारु हुने वातावरणका लागि आन्दोलनरत पक्ष र सरकार दुवै पक्षलाई आग्रह गरेको छ ।
उनले जारी गरेको विज्ञप्तिमा ‘विद्यार्थीहरुको अध्ययन÷अध्यापन पूर्णतहः लामो समय सम्म ठप्प हुनु अस्वभाविक हो । तसर्थ सबै पक्ष गम्भिर भई यथाशिघ्र पठन-पाठन सुचारु गर्न आवश्यक रहेको छ’ लेखेका छन् ।
