खोजवाणी संवाददाता
जनकपुर, असोज ६

सर्लाहीको मलंगवामा हिन्दुमाथि आक्रमण भएको विरोधमा जनकपुरधाम र वीरगंजमा विरोध प्रदर्शन गरेको छ ।

जनकपुरधाम स्थित रामानन्द चोकमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको छ भने वीरगंजमा हिन्दूवादीहरुले आज दिउँसो जुलुस प्रदर्शन गरेका हुन् । वीरगंजमा प्रदर्शनको क्रममा पसलहरू बन्द गराएपछि अवस्था तनावग्रस्त बनेको छ । सम्भावित घटना हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । यसक्रममा वीरगंजमा प्रदर्शनकारी र प्रहरी बीच झडपपनि भएको छ ।

प्रदर्शनकारीहरुले आक्रमणकारीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

No description available.

मलंगवामा गएको बिहीबार राति मूर्ति सेलाउन जानेक्रममा दुई समुदायबीच झडप भएको थियो । झडपका क्रममा ८ जना घाइते भएका छन् भने यस क्रममा एक युवकमाथि छुरा प्रहार गरिएको छ । उनको उपचार वीरगंज स्थित अस्पतालमा भइरहेको छ ।

घटना उग्र रूप लिएपछि स्थानीय प्रशासनले मलंगवा क्षेत्रमा बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।