प्रमोद रंगिले
जनकपुर, असोज १२
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले अहिलेसम्म चलिरहेको कार्यकालमा खासै उपलब्धिमुलक कार्य गर्न नसकेपनि अचेल आलोचनासमत सुन्नै सकिरहेका छैनन् ।
मुख्यमन्त्री यादव अचेल आलोचना गर्ने माथि जाइलाग्ने मनिस्थिती बनाएको देखिएको छ । पोस्टर च्यात्ने देखि लिएर उनको विरुद्धमा समाजिक संजालमा स्टाट्स लेख्नेमाथि तुरन्त पक्राउ गर्न लगाएर कारवाही गराउने सम्मको परिपाटीका कारण मुख्यमन्त्री अहिले आफनो कामले प्रसिद्धी पाउनुभन्दा क्रियाक्लापले मधेश प्रदेशमा प्रसिद्धि पाएको देखिएको छ । जनप्रतिनिधीले गर्दै आएको क्रियाक्लापमाथि बोल्न पाउने अधिकार छदा छदै मुख्यमन्त्री यादवले जनकपुरधामस्थित एक स्थानीय टेलिभिजनलाई दिएको अन्तवार्तामा आफूलाई गाली गर्नेलाई प्रहरीमा थुनाएर कारबाही गर्ने चेतावनी समेत दिएका थिए । उनले अन्तरवार्तामा आफ्नो नम्बर सार्वजनिक गर्दै भनेका थिए, ‘कुनै किसिमको पार्टीगत र पूर्वाग्राही हिसाबले फेसबुक, व्हाट्स अपमा बिना मतलब मेरो विरोधमा गाली गरे वा लेखेमा त्यस्तालाई जनकपुरधाममा मात्रै होइन दुनियाँको कुनैपनि कुनामा भएपनि कानुनी व्यवस्था अनुसार मुद्दा दिई थुनामा रखाएर कारबाही गर्छु ।’ जुन भिडीयो अहिले समाजिक संजालमा भाइरल बनेको छ ।
मुख्यमन्त्री यादवको यस्तो धम्कीपुर्ण भाषाले मधेश प्रदेशवासी आश्चर्यचकित बनेको छ । नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष अनिल मिश्रले मुख्यमन्त्रीको यस किसिमको अभिव्यक्तिले उनी आलोचनाबाट डराएको हुन सक्ने आशंका व्यक्त गरे । कतै न कतै मधेश प्रदेशमा विहारको राजनीति हावी हुदै गएको देखिन्छ,उनले भने,‘जनताले आफनो जनप्रतिनिधीको कार्यप्रति आलोचना गर्न सक्ने,राय सुझाव दिन सक्ने अधिकार छदा छदै त्यसलाई दबाउन खोज्नु मधेशमा पनि राणा शाषणको अनुभुति गराउन खोजेको देखिन्छ ।
मधेश आन्दोलनका अगुवा तथा आर्युवेद चिकित्सक डा.अरुण झाले मुख्यमन्त्रीको विरोधमा सामाजिक सञ्जालमा लेखेपछि मुख्यमन्त्री कार्यालयले उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
हिन्दु अभियन्ता सहितका जनकपुरधामका स्थानीय युवाहरूको दबावमा प्रहरीले उनलाई बिहीबार रिहा गरेको छ । विगत केही दिनदेखि मधेश प्रदेशको सर्लाही मलंगवामा दुई समुदायबीच तनाव चलिरहेको बेला डा. झाले मुख्यमन्त्री यादवले बाराको एक कार्यक्रममा सामाजिक सद्भाव बिगार्नेलाई गोली हान्ने अभिव्यक्ति दिएको कोड गर्दै कालोमोसो दल्ने भन्ने स्टाटस लेखेका थिए । सोही स्टाटसलाई आधार बनाएर मुख्यमन्त्री कार्यालयले झाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । झाले फेसबुकमा ’मलंगवामा भएको घटनाका दोषीलाई कारवाही÷गोली हान्नुस मुख्यमन्त्री सरोज यादव ज्यू, नत्र हामी छिट्टै तपाईलाई कालोमोसो दल्छौँ ।’ लेखेका थिए । झालाई पक्राउ गरेपछि चौतर्फी आलोचना भएको थियो । लोकतन्त्रमा वाक स्वतन्त्रतामाथि मुख्यमन्त्रीले प्रहार गर्न थालेको भनी टीकाटिप्पणी सहित सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेपछि मुख्यमन्त्री यादवकै आदेशमा उनलाई रिहा गरिएको बताइएको छ ।
त्यसैगरि जानकी मन्दिरमा राजनीतिक व्यक्तिको व्यानर,पर्चा पम्पलेट नहुनुपर्ने भन्दै मधेश आन्दोलनका अगुवा तथा मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रको अगुवाईमा जानकी मन्दिरमा लगाइएको ठुलो पोस्टरलाई हटाउन लगाइएको थियो । पोस्टर हटाएको समाचार बाहिरिएपछि मुख्यमन्त्री यादव जंगिएका थिए । उनले तुरुन्त जिल्ला प्रहरी कार्यालय धनुषामा फोन गरेर मिश्रलाई पक्राउ गर्न लगाएका थिए । पछि मिश्रको रिहाईका लागि व्यापक दबाब थेग्न नसकि उनको रिहाई गराएको बताईन्छ ।
हुनतः वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा राजनीतिक दलका प्रतिनिधीहरुको राय विचार बाँझीने खालको देखिएको छ । मुख्यमन्त्रीले पनि यस्तो गर्न नहुने र वाक स्वतन्त्रताको दुरुपयोग पनि हुनु नपर्नेहो भनेर राजनीतिककर्मीहरुको भनाइ छ । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय महासचिव परमेश्वर साहले मुख्यमन्त्री मधेश प्रदेशको अभिभावक रहेको र मुख्यमन्त्री यादवको भुमिका पनि अभिभावक जस्तै हुनुपर्ने बताउदै उहाँको आएको अभिव्यक्तिलाई राम्रो त पक्कै मान्न सकिन्न तर पनि कसैले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग पनि गर्न नहुने बताए । उनले भने, ‘आलोचना गर्ने सबैको अधिकार छ,आलोचनाबाट मुख्यमन्त्रीज्यूलाई डराउनुपनि हुदैन, तर आलोचनाको नाममा व्यक्तिगत चरित्र हत्या गर्ने किसिमको शब्खपनि प्रयोग नगर्नुपर्ने हो, समाजीक संजालमै लेख्नुपर्दा सिमामा रहेर बोल्नुपर्ने हो ।’
मुख्यमन्त्री यादवको कार्यकालको उपलव्धीको विषयमा बोल्दै मुख्यमन्त्री यादवले आफनो कार्यकाल सुरु गरेको लगभग १०/११ महिनाको अन्तरालमा अपेक्षा अनुसारको काम गर्न नसकेको उनले बताए ।
मुख्यमन्त्री यादवले आफनो कार्यकालामा अहिले सम्म विकास निमार्ण देखि लिएर शान्ति सुरक्षाको विषयमा कुनै पनि किसीमको कार्य नसकेको बताउदै मधेश प्रदेशका जनताले सोचे अनुरुपको कार्यमा मुख्यमन्त्रीजी सफल हुन नसकेको उनले टिप्पणी गरे । मलंगवामा भएको लागातारको दुई पक्षविचको विवादमा समेत मुख्यमन्त्री यादवले समन्वय समेत गर्न नसकेपछि मधेशी जनता उनको विषयमा सशंकित देखिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ का रणधिर झाका अनुसार मुख्यमन्त्रीले मधेश प्रदेशमा केहि दिन देखिएको विकृतीलाई निर्मुल बनाउनका लागि आफैले पहलकदमी लिनुपर्ने थियो,कमसेकम अभिभावकत्वको जिम्मा लिएर दोषी जुनपनि पक्षको किन नहोस कानुन अनुसार कारवाही गराएको भए उनको जय जय हुन्थ्यो तर यस्तो भएन यति सम्मकि मुख्यमन्त्री यादवले दुईपक्ष विचको विवादलाई साम्य पार्न चु सम्म बोलेनन्,यो मुख्यमन्त्रीको असफलता हो उनको भनाई थियो ।

स्थानियवासी शैलेन्द्र यादव भन्छन्, ‘यो भन्दा राम्रो मुख्यमन्त्रीको रुपमा लालबाबु राउतनै थिए,कमसेकम लडाउने बझाउने,कारवाही गराउने जस्तो त क्रियाक्लाप त गरेनन् । मधेश प्रदेशका दोस्रो मुख्यमन्त्रीको रुपमा रहेका सरोजकुमार यादव यसभन्दा पहिले सभामुख रहेका थिए ।’
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता थिए । सभामुख पदको पदावधि सकिए लगत्तै उनी मुख्यमन्त्री बन्नकै लागि भएपनि उपेन्द्र यादवलाई नै रोजे र उनी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्दै बाराबाट प्रदेशसभा सदस्यको चुनाव जितेर मुख्यमन्त्री बनेका हुन् ।
उनी मुख्यमन्त्री पदको सपथ लिदाँ मधेशमा भ्रष्टाचार नगर्ने र नगर्न दिने भनेर प्रतिवद्धतामेत व्यक्त गरेका थिए ।
