एजेन्सी
ओस्लो, असोज २९

नर्वेलाई हराउँदै स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा पुग्न सफल भएको छ । यससँगै समूह एबाट स्कटल्याण्ड पनि प्रतियोगितामा छनोट भएको हो ।

बार्सिलोनाका फरवार्ड गाभीले दोस्रो हाफको सुरुवातमा गरेको एक मात्र गोल निर्णायक बनेको थियो । १९ वर्षीय खेलाडीले २५ खेलमा उनले यस देशका लागि पाँचौँ गोल गरेको थियो । सन् २००८ र २०१२ को युरोपियन च्याम्पियन टोलीले दुई खेल बाँकी रहँदै प्रतियोगितामा आफ्नो स्थान समेत बनाउन सफल रहेको छ ।

अर्लिङ हालान्डको नर्वेले अब प्लेअफबाट मात्र प्रतियोगितामा स्थान बनाउने मौकसमेत पाएको हो ।