खोजवाणी संवाददाता
जनकपुर, असोज २९
बडादसैँमा जनकपुरधाममा दर्शन एवं घुमफिर गर्न आएकी एक महिलाको रकम लुटिएको छ ।
जनकपुरधाम स्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मातालाई दर्शन गर्न आएकी ती महिलाको एक लाख रुपैयाँ लुटिएको हो ।
सोमबार दिउँसो शक्तिपीठ राजदेवी मन्दिरमा दर्शन गर्न आएकी धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ९ स्थित भतहीकी आशा मण्डलको एक लाख रुपैयाँ लुटिएको खबर जनकपुरधाम उपमहानगरपालिकाका बोर्ड सदस्य राकेश विक्रम साहले जानकारी दिए ।
आशा मण्डलले बोकेको ब्यागमा रहेको एक लाख रुपैयाँ लुटेराले लुटेर फरार भएको गुहारसमेत मागिन् ।
राजदेवी पुजा आयोजक समितिका सदस्यसमेत रहेका साहले मन्दिर आउँदा बहुमूल्य गरगहना, भारी रकम बोकेर नआउन दर्शनार्थी भक्तजनसँग आग्रहसमेत गरे ।



