खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १४

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभाको समानुपातिक तर्फ रित्त रहेको प्रदेशसभा सदस्यमा सञ्जिला कुमारी यादवलाई बनाउने निर्णय गरेको छ ।

जसपाको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी बैठकबाट प्रदेशसभा सदस्यका लागि यादवको नाम टुंगो गरेको हो ।

समानुपातिक प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको गत भदौँमा निधन भएपछि सो पद रित्त रहेको थियो । विन्दु यादवको निधनपछि सो पदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय भएको जसपाका नेता प्रकाश अधिकारीले जनाए ।

प्रदेशसभा सदस्यका लागि सिफारिस भएकी यादव सिरहाको नरहा गाउँपालिकाकी हुन् । उनी जसपाका संस्थापक सिरहा जिल्ला अध्यक्ष किशोरी यादवको छोरी हुन् ।