खोजवाणी
बारा
बारामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
भैरहवाबाट वीरगञ्जतर्फ जाँदै गरेको बस बाराको जीतपुरसिमरा २३ भलुहीमा मंगलबार पल्टिँदा १७ यात्रु घाइते भएका हुन् ।
ना ७ ख ६०७६ नम्बरको बस दुर्घटना हुँदा घाइतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने अन्यको सामान्य अवस्थामा उपचार भइरहेको जिल्ल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
बस अनियन्त्रित भइ सडक छेउमा पल्टिँदा सो बसमा सवार २२ जना यात्रुहरुमध्ये १७ जना घाइते भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । घाइतेहरूको वीरगञ्जस्थित मेडिसीटी बयोधा अस्पालमा उपचार भइरहेको जनाइएको छ ।
बस चालक चितवनको राप्ती नगरपालिका– ६ स्थित भण्डाराका ३० वर्षीय सागर न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।



