खोजवाणी
जनकपुरधाम ।
मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत मिथिलानी महिलाहरु आफ्नो सन्ततीको सुखी समृद्धि प्राप्तिका लािग मंगलबार बिहान ४ बजेदेखि बुधबार साँझसम्म निर्जल र निराहार उपवास गरिरहेको छ ।
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबारदेखि यो पर्व सुरु भएको छ ।
धार्मिक विधिअनुसार मंगलबार बिहान ४ बजेदेखि बुधबार साँझ ५ बजेसम्म वर्तालुहरु अन्नपानी नखाएर उपवास बस्ने गर्दछन् ।
तिथिअनुसार यस वर्ष सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत नहाय खाय विधि सम्पन्न भई आज र भोलि दिनभरि उपवास बसेर बुधबार साँझ व्रत समापन गरिने छ ।
व्रत बस्नुअघि सोमबार महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्यपदार्थ) र पिना प्रसादका रुपमा चढाएर परिवारका सबै सदस्यलाई खुवाएर खाने परम्परा छ ।
सयौं वर्तालुले नजिकको पोखरी, तलाउ, नदी, सरोवरमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । कथा भन्ने र सुन्ने क्रममा पाकाले भन्ने र तन्नेरीले सुन्ने प्रचलन रहेको छ ।
व्रतको पहिलो दिन सोमबार पूजापछि माछा र मरुवा रोटी, नुनीको साग र माछा खाने परम्परा रहेको छ ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै जनालाई दैत्यबाट फिर्ता ल्याइदिएको जनविश्वाससहित महिलाले शालिवहानलाई ‘जितुमाहन’ नामकरणगरी राजाको सम्झनामा उपवास बस्न थालेका पौराणिक धार्मिक मान्यता रहेको छ ।



