खोजवाणी
जलेश्वर ।

बुधबारदेखि तीन दिनसम्म परेको अविरल वर्षा बाढीको कारण महोत्तरीको रातो नदीमा आएको भिषण बाढीले भंगहा नगरपालिकामा व्यापक क्षति भएको छ ।

महोत्तरीको रातो नदीमा आएको भिषण बाढीका कारण भंगहा नगरपालिका वडा नम्बर ६ स्थित हतिसर्वा नजिक रहेको नदीको तटबन्ध भत्केको छ ।

सो तटबन्ध भत्किँदा बाढी गाउँतर्फ पसेको छ । तटबन्ध भत्किँदा केही घरमा पनि क्षति पुगेको छ ।

त्यस्तै तटबन्ध बनाउन बाँकी रहेको हतिसर्वा, वनचौरीलगायत जिल्लाका विभिन्न स्थानहरुमा निर्माण गरिएका तटबन्धसमेत भत्केको छ ।

सो बाढी गाउँतर्फ जाँदा ठूलो जनधनको क्षति भएको हुन भएकोले सम्बन्धित निकाय जनताको तटबन्ध कार्यालय महोत्तरीले सोको रोकथाम गर्दा जनतालाई राहत भएको छ ।