जनकपुरधाम ।

महापर्व छठ पूजाका लागि जनकपुरधामका अधिकांश धार्मिक तलाउ सजाइएको छ ।

दशरथ तलाउमा करिब तीन दशकदेखि नै छठ पर्वमा पूजाअर्चना हुँदै आएको छ । तर पाँच वर्षदेखि सो तलाउलाई व्यवस्थित गर्दै छठ पर्व धुमधामसाथ मनाइँदै आएको छ ।

विगत वर्षमा छठ पर्वमा तलाउ साजसजाका लागि लाखौँ रुपैयाँ दिने गरे पनि यसपटक समयको व्यस्तता र आर्थिक सहयोगका लागि दाताहरुको अभाव रहेकाले जसोतसो पनि कमिटीले छठ पर्वमा घाट सजाउनेदेखि व्रतालुहरुका लागि घाटको व्यवस्था गर्ने कामलाई निरन्तरता दिएको दशरथ तलाउ युवा कमिटीका अध्यक्ष जोगी प्रसाद साह ‘गणेश’ बताउँछन् ।

केही वर्षदेखि दाताहरु स्वेच्छाले सहयोग गर्न बन्द गरेपछि कमिटी र स्थानीय युवाहरुको सक्रियतामा धुमधाम साथका छठ पर्वका लागि घाट सजाउन र व्यवस्थापनका लागि शुल्क उठाउने गरेको उनले बताए ।

May be an image of 3 people, temple, dais and text

यस वर्ष प्रति व्रतालुसंग ५ सय रुपैयाँ लिने गरेको बताउँदै अध्यक्ष जोगीले भने, ‘ यसपटक ५ सय रुपैयाँ शुल्क लिएका छौँ, अहिलेसम्म २ सय व्रतालुहरुले रसिद लिएका छन्, तर अधिकांश व्रतालुहरुले भने कुनै पनि किसिमको सशुल्क सहयोग नगरे पनि हामीले घाटको व्यवस्था वहाँहरुको लागि पनि गर्ने गरेका छौँ ।’

कतिपयले छठ घाटका लागि रकम तिरे पनि अधिकांश व्रतालुले भने शुल्क नबुझाउने गरेको उनको भनाइ छ ।

स्थानीयस्तरमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष दिनेश सिंह, नवीन झा, विकास राय, रोशन कर्ण, मिथुन साहलगायतकाहरुको सक्रियतामा महराज सागर भनेर चिनिने दशरथ तलाउमा छठ हुँदै आएको छ ।

 

May be an image of 2 people and templeMay be an image of 1 person and lake