जनकपुरधाम ।
आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व समापन भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने महापर्व छठको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी समापन भएको छ ।
उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई–मधेशलगायत मिथिला क्षेत्र, काठमाण्डौ उपत्यका तथा अन्य विभिन्न ठाउँका जलाशयमा श्रद्धालुको भीड लागेको थियो ।
सुख, शान्ति, समृद्धिको उद्देश्यले श्रद्धापूर्वक मनाइने छठको अवसरमा पोखरी, नदी, तलाउ, जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । ब्रतालुले हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।



