जनकपुरधाम ।
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवारसहित २१ जनाले मनोयन दर्ता गराएका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट धनुषाको धनुषाधाम वडा नम्बर १ को वडाअध्यक्षमा सुनिल कापर, नेपाली कांग्रेसको तर्फबाट अशोक मण्डल, नेकपा एमालेबाट प्रमोद यादव उम्मेदवारी दिएका छन् ।

जसपा नेपालबाट अजय कुमार यादव, अशोक राई नेतृत्वको जसपाबाट अरुण सादा, जनमत पार्टीबाट कुशेश्वर मण्डल, नेकपा एकीकृत समाजवादीबाट गोपाल साह सुडी, बहुजन एकता पार्टी नेपालबाट प्रमिला कुमारी सदा, राप्रपा नेपालबाट फौदार सादा मुसहर, रास्वपाबाट रामनरेश दास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामदेव सिंह दनुवार, राजपा नेपालबाट लक्ष्मीनियाँ देवीले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारीका लागि दिलिप कुमार ठाकुर बरही,नरेश सादा, हुकुम सिंह, संजय कुमार यादव, सञ्जीत कुमार यादव, रवि कुमार मण्डल, विनोद कुमार यादव, विनोद मण्डल र विशेश्वर मण्डल उम्मेदवारी दर्ता गराएका छन् ।

०७८ मा भएको निर्वाचनको क्रममा एमालेले यस अघि पनि प्रमोद यादवले उम्मेदवारी दिएका थिए । धनुषाको धनुषाधाम नगरपालिका १ को वडाअध्यक्ष विश्वनाथ यादवको निधनपछि सो पदमा पनि उपनिर्वाचन हुन लागेको छ ।
