जनकपुरधाम ।
स्थानीय तह उपनिर्वाचनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन निर्वाचन आयोगले समय दिएको छ ।
आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सार्जनिक गरेको कार्यतालिका अनुसार आज नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न पनि प्रदान गरिनेछ ।
मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको जनाएको छ ।
जसमध्ये मधेश प्रदेशको सात स्थानमा हुन लागेको उपनिर्वाचनमा १०३ जनाको उम्मेदवारी परेको छ ।
