
जनकपुरधाम । बाल विवाह न्युनीकरणको लागि यदुकुवामा पाँच दिने स्टिक एन्ड स्टोन सम्बन्धी तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त बालिका परियोजना (जिएसएस) ले प्रारम्भिक बाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा यो कार्यक्रम संचालित छ । उक्त तालिममा ५ वटा वडाको सामुदायिक कार्यकर्ता र फिल्ड सुपरभाइजरहरुको सहभागिता रहेको थियो । स्टिक एण्ड स्टोन सम्बन्धी उक्त तालिममा सहजकर्ता निकिता सिंह यादवले सहजीकरण गरेका थिए ।
तालिममा प्लान इन्टरनेसनल नेपालले नै निर्माण गरेको सन्दर्भ सामग्रीहरु, स्टिक एण्ड स्टोन तालिम निर्देशिकाबाट प्रशिक्षण दिइएको ज्वासका कार्यक्रम अधिकृत खगेन्द्र दहालले जानकारी दिए । समुदायका ११ देखि १९ वर्षको किशोरीहरुलाई हप्ताको १ दिन स्टिक एन्ड स्टोन सेसन, महिनाको १ दिन अन्तरपुस्ता संवाद र ३ महिनामा एक पटक अन्तरपुस्ता संवाद संचालन गरिने कार्ययोजना निर्माण गरिएको छ ।
समापन कार्यक्रममा शहिदनगर नगरपालिकाको उपमेयर सुनिता कुमारी सिंहले समुदायमा भागि विवाह र हिंसाको धटनाहरु धेरै भैरहेकाले कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न हातेमालो गरेर काम गर्ने प्रतिवद्धता गरे । जानकी महिला जागरण समाजका अध्यक्ष मन्दाकिनी कर्णले बाल संरक्षण, बाल अधिकार, हिंसा तथा दुव्र्यवहार कमी गर्न तथा बाल विवाह, जवर्जस्ती गरिने विवाह र भागि विवाह कम हुने लक्ष्यको साथ सो कार्यकक्रम संचालन गरेकोले सहजकर्ताहरुले यो तालिमको सीपलाई समुदायमा प्रभावकारी रुपमा कक्षाहरु संचालन गर्न भुमिका खेल्ने बताए ।