जनकपुर, बैशाख ३०
धनुषामा अर्कैको नाममा मत हालिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
धनुषाको जनकपुरधाम– १४ स्थित एक मतदान केन्द्रमा फर्जी मत खसाइरहेको अवस्थामा एक जना पक्राउ परेका हुन् ।
ग्रामीण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रबाट फर्जी मत खसाइरहेको अवस्थामा वडासदस्य शिवोदेवी सदाका छोरा २० वर्षीय अमलेस सदा
पक्राउ परेको बताइएको छ । वडासदस्य सदा जसपाबाट निर्वाचित भएकी थिइन् ।
अरूको ठाउँमा मत खसाइरहेको अवस्थामा अमलेसलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
