रौतहट, बैशाख ३०

रौतहटको बौधीमाई नगरपालिकामा मतपेटिकामा आगजनी गरिएको छ।

वडा नम्बर २ स्थित इनरवा टोलमा जनता समाजवादी पार्टी (जसपा) र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ।

झडप र आगजनीपछि इनरवाको अवस्था तनावग्रस्त रहेको डिएसपी सुनिल मल्लले जानकारी दिए।

उनका अनुसार झडपमा परी एक जना प्रहरी समेत घाइते भएका छन्।

घटनास्थलमा खटिएकाले थप विवरणपछि आउने उनले बताए।