महोत्तरी, बैशाख ३१
महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टीले सुरुवाति अग्रता कायम गरेको छ ।
जसपाका मेयर उम्मेदवार दिपेन्द्र महतोले ४५ मत ल्याएका छन् ।
उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका विष्णु बहादुर योन्जनले २५ मत ल्याएका छन्।
गौशाला–१ मा १ सय ५० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टीका देवनारायण महतो कोइरीले २४, नेपाली कांग्रेसका वसन्त कुमार गुरुङ्गले १८, नेकपा एमालेका अजय कुमार कुशवाहाले १७, जनमत पार्टीका विरेन्द्र महतोले २ र राप्रपाका रञ्जित कुमार कनौजियाले २ मत ल्याएका छन्।
उपमेयरमा जसपाकै रेनु कुमारीले ४३, लोसपाकी लालकुमारी लामाले २७, माओवादीकी जनक कुमारी साहले २५, एमालेकी राजकुमारी सेरेक्षटले १६, नेपाली कांग्रेसकी सुसिला देवीले १३, जनमतकी उर्मिला देवीले २ र राप्रपाकी ज्ञान कुमारी प्याकुरेलले २ मत ल्याएकी छन्।
मतगणना अहिले यहाँ जारी नै रहेको छ ।
