जनकपुर, जेठ १

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा दीपनारायण यादवले १ हजार १४३ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत ल्याएका थिए ।

यस्तै सदस्यहरूमा मतिया देवी सादा मुसहर १ हजार १२२, शारदा पन्त १ हजार ११९, विजय कुमार साह ९५६ र मनोज कुमार पूर्वे ९२० मत ल्याएर विजयी भएका छन् ।