धनुषा, जेठ १

धनुषाको मिथिला नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।

२ हजार ५३४ मतगणना हुँदा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार महेन्द्र महतोले एक हजार ८३ मत ल्याएका छन् ।

मेयरमै नेकपा एमालेका राजाराम महतोले ७५१ र नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार सूर्यप्रसाद पुडासैनीले ३५४ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा नेपाली काँग्रेसका निर्मला कोइरालाले एक हजार ११२, एमालेका सुनिता सिंह बुढाथोकीले ७३२ र नेकपा एकीकृत समाजवादीकी कविताकुमारी सिन्हाले ३९८ मत ल्याएकी छन् ।